सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ ।
पछिल्लो १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो । बाँसखर्क, बाह्रबिसे, चन्द्रखु, गुम्ताङ, दुवाचौर, गोब्रे, बाहुनेपाटी लगायत स्थानमा पनि वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै ढुंगेमा ६९ दशमलव ६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मध्यराति सूचना जारी गरी मेलम्ची, इन्द्रावती लगायत नदी तथा आसपासका सहायक खोलाहरुमा आकस्मिक बाढी र पहिरोको जोखिम रेको भन्दै सतर्क रहन भनेको थियो ।
राति वर्षा भए पनि ठूलो क्षतिको जानकारी भने नभएको प्रहरी प्रवक्ता एवम् डिएसपी निरञ्जन भट्टराईले सामान्य बाढी–पहिरो आउने क्रम जारी रहे पनि मानवीय र भौतिक क्षति नभएको बताउनुभयो ।