दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले चालु वर्ष २०८१/८२ को बल्ल बजेट ल्याएको छ ।
विवाद र रस्साकस्सीका बीच गाउँपालिकाले ढिला गरी चालु वर्षको बजेट ल्याएको हो । शैलुङले चालु वर्ष ६३ करोड १८ लाख बराबरको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्की थापाले चालु वर्ष ६३ करोड १८ लाख ७१ हजार बराबरको बजेट गाउँसभामा पेश गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत सन्जिव न्यौपानेले जानकारी दिनुभयो । विवादका बीच दुई पटक सम्म गाउँसभा स्थगित गरेको गाउँपालिकाले तेस्रो पटकको गाउँसभाबाट बजेट ल्याएको हो ।
बजेटमा राजनीतिक दलहरुको आ–आफ्नै स्वार्थपन, फरक फरक राजनीतिक दलबाट जितेका जनप्रतिनिधिहरु हुँदा पनि कुरा नमिल्दा त्यसको असर बजेट निर्माणमा पनि परेको हो । जनप्रतिनिधिबीचको विवादले गाउँसभा पटक-पटक स्थगित हुँदा पालिकाले चालु वर्षको बजेट ल्याउन सकेको थिएन ।
विवादका बीच दुई पटक सम्म गाउँसभा स्थगित गरेको गाउँपालिकाले तेस्रो पटकको गाउँसभाबाट बजेट ल्याएको हो । ढिलो गरी शैलुङको बजेट आएपनि वडा नम्बर ५ काटाकुटीका वडाअध्यक्ष दिलकुमार तमाङले भने बिरोध जनाएका छन् । समयमै बजेट ल्याउन नसक्दा दैनिक प्रशासनिक कामहरु मात्रै हुने भएकाले विकास निर्माणमा यसले ठूलो असर पार्ने गर्दछ ।
शैलुङ गाउँपालिकाले चालु वर्षको बजेट ल्याउन असार १० गते र साउन ५ गते बोलाएको गाउँसभा बैठक स्थगित भएको थियो । असार १० गते जनप्रतिनिधिबीच हात हालाहालको स्थिती पैदा भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा बहिष्कार गरेका थिए । त्यसपछि साउन ५ गते बजेट ल्याउने तयारी गरी गाउँसभा बैठक बोलाएपनि सो बैठक समेत बस्दै नबसी अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थगित भएको थियो । ढिलो गरी शैलुङको बजेट आएपनि वडा नम्बर ५ काटाकुटीका वडाअध्यक्ष दिलकुमार तमाङले भने बिरोध जनाएका छन् ।
बजेट समयमै नआउँदा कार्यान्वयनको प्रक्रिया पनि ढिला हुने र यसको असर अर्को वर्षसम्म पर्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । ढिला बजेट आउँदा ठुला आयोजनाको ठेक्का ढिला गरी लाग्ने र काम समयमै सुरु नहुँदा अर्को वर्ष दायित्व सरेर जाँदा बजेट घाटा हुने उहाँको भनाई छ । समयमै बजेट ल्याउन नसक्दा दैनिक प्रशासनिक कामहरु मात्रै हुने भएकाले विकास निर्माणमा यसले ठूलो असर पार्ने गर्दछ ।
गाउँसभा सम्पन्न भएपछि गाउँपालिकाले बुधवार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका कर्मचारी, वडा सचिव र वडामा प्रशासनिक काम गर्ने अन्य कर्मचारीहरुको लागि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धि तालिम दिईएको हो ।