images
images

बागमतीमा लम्पी स्किन विरुद्धको अभियान, ७६ हजार २ सय पशुलाई खोप लगाइने

  • २४ श्रावण २०८१, बिहीबार १७:५५

हेटौँडा । बागमती प्रदेशका ७६ हजार भन्दा बढि पशुमा लम्पीस्किन रोग विरुद्धको खोप लगाईने भएको छ ।

प्रदेशका १३ जिल्लाका ७६ हजार २७५ गाई भैँसीमा लम्पीस्किन रोग विरुद्धको खोप लागाईने भएको हो । बागमती प्रदेशको कृषी तथा पशुपन्छी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै प्रदेशभर भोलीबाट साताव्यापी रुपमा लम्पीस्किन विरुद्धको खोप अभियान सुरु गरिने जानकारी गराएको छ । मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा रहेका ८ वटा पशुसेवा कार्यालयबाट भोलीदेखि एकैपटक खोप अभियान सुरु हुने भएको छ ।

लम्पीस्किन विरुद्ध प्रत्यक वर्ष खोप लगाउनुपर्ने भएकाले साताव्यापी अभियान सञ्चालन गरेर खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेश सरकारले गत वर्ष पनि लम्पी स्किन रोगविरुद्ध खोप अभियान चलाएको थियो । लम्पी स्किन रोगको महामारि फैलिएपछि गत वर्ष प्रदेशभित्रका ४८ हजार ३६४ पशुलाई खोप लगाईएको थियो । यो वर्षको सप्ताहव्यापी अभियानका लागि प्रदेश सरकारले ७३ लाख १९ हजार बजेट विनियोजन गरेको छ ।

दोलखामा ६५०० पशुलाई खोप लगाईने

पशुसेवा कार्यालय चरिकोट दोलखाबाट पनि भोलीदेखि खोप अभियान सुरु हुने भएको छ । दोलखाले ६ हजार ५ सय पशुलाई खोप लगाउने भएको छ । खोप अभियानका लागि जिल्लामा २५ जना खोपकर्ता नियुक्त गरिएको छ ।

पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकले ९ हजार ९ सय पशुमा खोप लगाउनका लागि ९५ जना खोपकर्ता नियुक्त गरेको छ भने सिन्धुलीले ९ हजार ९५० पशुलाई खोप लगाउने भएको छ । त्यसका लागि ६० जना खोपकर्ता नियुक्त गरिएको छ ।