images
images

विद्युत प्राधिकरणका सञ्चालकद्धय आचार्य र पुनलाई नहटाउन सर्वोच्चको आदेश

  • २४ श्रावण २०८१, बिहीबार १९:५५

काठमाडौं ।  सर्वोच्चले अदालतले विद्युत प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आचार्य र पुनलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सरकारलाई असहयोग गरेको भन्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई जना सञ्चालकलाई पदमुक्त गर्नुभएको थियो । पदबाट हटाइएपछि उनीहरु सर्वोच्च पुगेका थिए । सरकारले गत आइतवार आचार्य र पुनलाई हटाएर उनीहरुको ठाउँमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

आचार्य र पुनले उद्योगमा लाइन जोड्ने विषयमा असहमति जनाउँदै आएका थिए । उनीहरुले उद्योगीहरुले बक्यौता तिर्नुपर्ने र त्यसपछि मात्रै लाइन जोड्ने अडान लिँदै आएका थिए ।