images
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

  • २३ भाद्र २०७९, बिहीबार १७:५५

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले आज बलात्कार आरोपित लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । १७ वर्षिया किशोरीले मंगलबार लामछिाने विरुद्ध जबरजस्तीकरणी गरेको भन्दै गौशला प्रहरी बृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेकोमा आज अदालतबाट पक्राउ पुर्जी लिएको हो । अदालतको अनुमतिसँगै उनलाई प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्नेछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरी कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।