images
images

दोलखा जिल्ला ‘अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा’ सुनिश्चितताको घोषणा

  • २३ भाद्र २०७९, बिहीबार १९:३४

जिरी (दोलखा) ।  दोलखा जिल्लालाई अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा सुनिश्चितताको घोषणा गरिएको छ ।

दोलखा जिल्लाको सबै स्थानीय तहलाई अनिवार्य तथा निशुल्क आधारतभुत शिक्षा सुनिश्चितता घोषणा गरिएकोे हो । दोलखाको ९ वटै स्थानीय तहमा निशुल्क आधारभुत शिक्षा सुनिश्चितता घोषणा भएसँगै आज ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लालाईनै निशुल्क आधारभुत शिक्षा सुनिश्चितताको घोषणा गरिएको छ ।

आज जिरी नगरपालिकामा आयोजित एक कार्यक्रममा दोलखा जिल्लालाई अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा सुनिश्चत भएको जिल्ला घोषणा गरिएको हो । जिल्लाको ९ वटा स्थानीय तहमध्य ७ स्थानीय तहले पहिलो चरणमा २०७५ साल भदौ २२ गते भिमेश्वर नगरपालिका, २०७५ साल भदौ २३ गते मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिका, भदौ २९ गते गौरीशंकर गाउँपालिका, भदौ ३१ गते कालिञ्चोक गाउँपालिका र तामाकोशी गाउँपालिका र असोज १ गते विगु गाउँपालिकालाई अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा सुनिश्चितता गाउँपालिका घोषणा गरेको थियो ।

यसैगरी, २०७९ असार १७ गते बैतेश्वर गाउँपालिका र आज जिरी नगरपालिकालाई अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा सुनिश्चितता घोषणा गरिएसँगै दोेलखा जिल्लालाई अनिवार्य तथा निशुल्क आधाभुत शिक्षा सुनिश्चितता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । यो सँगै दोलखाको सबै पालिकामा निशुल्क आधारभुत शिक्षा घोषणा गरिएको छ । दोलखामा विद्यालय उमेर समुह ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्दै अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा सुनिश्चितता भएको घोषणा गरिएको छ ।

अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिरी नगरपालिकामा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०७८ मा जिरी नगरपालिकामा आधारभुत तह १ देखि कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, सामुदायिक विद्यालयबाट आधारभुत तह उत्तिर्ण गरी परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, २०७८ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी, आधारभुत तहको परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु, सामुदायिक विद्यालयहरुबाट आधारभुत तहको परिक्षामा उत्कष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का, पूर्व सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, जिल्ला समन्वय समितिका पुर्व प्रमुख डबल पाण्डे, जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेपाल शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम बहादुर जिरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिपशंकर चौलागाईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश इन्चार्ज शंकरलाल श्रेष्ठ, नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्दनारायण मानन्धर, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष सञ्जयकुमार खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, विगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामी, मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य, जिल्ला समन्वय अधिकारी होम प्रसाद अधिकारी, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, जिरी नगरपालिकाका पुर्व नगर प्रमुख टंकबहादुर जिरेल, एमाले जिरीका अध्यक्ष केशव कुमार कार्की, माओवादी केन्द्र जिरीका इन्चार्ज तेज बहादुर गोले, जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, जिरीका वडाध्यक्षहरु र विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।