images
images

गठबन्धन पवित्र छैनः एमाले नेता गुरुङ

  • २३ भाद्र २०७९, बिहीबार २१:१८

जिरी (दोलखा) । प्रतिनिधिसभा सांसद एवम् नेकपा एमाले दोलखाका नेता पार्वत गुरुङले गठबन्धन पवित्र नभएको बताउनुभएको छ ।

पुर्व सुचना तथा सञ्चारमन्त्री समेत रहेका गुरुङले जिरी नगरपालिकामा आज ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले एमाले एक्लै निर्वाचन लड्ने बताउनुभयो । नेता गुरुङले गठबन्धनले निर्वाचन जिते पनि देश जित्न नसक्ने दावी गर्नुभयो । उहाँले दोलखामा एमालेसँग गठबन्धन गर्नका लागि समेत अन्य दललाई आह्वान गर्नुभयो ।

दोलखाको विकास र समृद्धिका लागि आफुहरुले धेरै प्रयत्न गरेको भन्दै नेता गुरुङले आ–आफ्नो स्थानबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।