images
images

गठबन्धन प्रक्रियाबाट निर्वाचनमा भाग लिने, गठबन्धनलेनै जित्नेः मन्त्री खड्का

  • २३ भाद्र २०७९, बिहीबार २१:२९

जिरी(दोलखा) । नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेशका वन तथा वातारणमन्त्री विशाल खड्काले आगामी निर्वाचनमा गठबन्धनकै प्रक्रियाबाट निर्वाचनमा भाग लिने बताउनुभएको छ ।

जिरी नगरपालिकामा आज ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनकै प्रक्रियाबाट जानुपर्ने बताउनुभएको हो । उहाँले यसअघि पनि गठबन्धनले जितेको भन्दै यो पटकको निर्वाचनमा पनि गठबन्धनले जित्ने दावी गर्नुभयो । मन्त्री खड्काले दोलखाको विकासका लागि सबैको सहकार्य आवश्यक भएको भन्दै जो व्यक्ति उम्मेदवार बनेपनि र जसले निर्वाचन जितेपनि दोलखा जिल्ला विकासको लागि सहकार्य रहिरहने बताउनुभयो ।

उहाँले जुनसुकै अवस्थामा आफ्नो राजनीतिक संस्कारलाई कायम राख्नुपर्ने धारणा राख्नुभयो । मन्त्री खड्काले दोस्रो कार्यकालको संघारमा पुगिसकेको भन्दै टिकट जसले पाएपनि गठबन्धन जिताउने जिम्मा जनताको हातमा रहेको बताउनुभयो ।