images
images

जिरी अस्पतालको सेवा सुधारका लागि नगरलाई ध्यानाकर्षण पत्र

  • २३ भाद्र २०७९, बिहीबार २२:१२

जिरी (दोलखा) । युवा सञ्जाल जिरीले जिरी अस्पतालमा एमडिजीपी डाक्टर नहुँदा अस्पतालको विभिन्न सेवा रोकिएपछि सेवाग्राही मारमा परेको भन्दै जिरी नगरपालिकाको ध्यानाकर्षण गरेको छ ।

अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार तथा अत्याधुनिक उपकरणहरु रहेपनि दरबन्दी अनुसारको डाक्टर लगायतका स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा गुणस्तरीय तथा नियमित सेवा प्रवाह नभएको भन्दै युवा सञ्जालले नगरपालिकाको ध्यानाकर्षण गराएको हो । युवा सञ्जालका अध्यक्ष केन्द्रज्योति खड्का सहितका टिमले नगरप्रमुख मित्र बहादुर जिरेललाई आज ध्यानाकर्षण पत्र बुझाएको हो । युवा सञ्जालले ६ वटा विषयमा नगरको ध्यानाकर्षण गराएको युवा सञ्जाल जिरीका अध्यक्ष खड्काले बताउनुभयो । जिरी अस्पताल जिरी नगरपालिका मातहत सञ्चालनमा रहेको अस्पताल हो ।

हाल सो अस्पतालमा पछिल्लो एक महिना यता एमडिजीपी डाक्टर नहुँदा जटिल शल्यक्रिया लगायतका सेवा बन्द भएको छ ।