images
images

रामेछाप कांग्रेसमा विवाद चुलियो, आफ्नो क्षेत्रभित्रको कार्यमा हस्तक्षेप गरेको आरोप

  • २३ भाद्र २०८१, आईतवार १५:१९

रामेछाप । नेपाली कांग्रेस रामेछापको नेतृत्वको निर्णयप्रति पदाधिकारीले विरोध जनाएका छन् ।

रामेछाप कांग्रेसका सचिव दिपक खड्काले आज विज्ञप्ती जारी गर्दै पार्टीको जिल्ला सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) को निर्णयप्रति विरोध जनाएका हुन् । विज्ञप्तीमार्फत सभापति तामाङले पार्टी विधान विपरित तानाशाही प्रवृत्ति देखाएको आरोप लगाईएको छ ।

सचिव खड्काद्धारा जारी विज्ञप्तीमा जिल्ला सभापति तामाङले एकलौटी ढंगबाट काम गरि सचिवको अधिकार क्षेत्रभित्रको कार्यमा समेत हस्तक्षप गरेको र अधिवेशनबाट निर्वाचित पदाधिकारीको मर्यादामा असर पर्ने कार्य गरेको उल्लेख छ । सचिव खड्काले सभापति बन्ने वित्तिकै पार्टीलाई एकलौटी ढंगबाट चलाएको आरोप लगाउँदै तानाशाही कार्यको विरुद्धमा लाग्न अनुरोध गरेका छन् ।

पार्टी सभापतिले तत्काल पार्टीको बैठक राखेर समस्या समाधानको विषयमा गम्भिर छलफल पश्चात पार्टीलाई एक ढिक्कारुपमा अघि बढाउने प्रतिवद्धता सार्वजनिक नगरेसम्म कुनै निर्णय नमान्ने विज्ञप्तीमा उल्लेख छ । साथै खडकाले पार्टी सभापतिले भोलीका लागि आयोजना गरेको विपि जयन्ती कार्यक्रमको विरोध गरेका छन् ।