images
images

घनश्याम भुसालद्धारा एमाले परित्यागको घोषणा

  • २२ आश्विन २०७९, शनिबार १४:१७

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गर्नुभएको हो । आफुले ४५ वर्षसम्म आफ्नो सम्पुर्ण सामथ्र्य गरेको एमाले पार्टीमा निति र विधिको पुर्नस्थापना हुने कुनै सम्भावना नदेखेको नेता भुसालले बताउनुभयो । पार्टी अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति इमान्दार रहन नसकिने भएपछि एमाले पार्टीमा नरहने निश्कर्षमा पुगेको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ ।