images
images

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

  • २२ आश्विन २०७९, शनिबार १५:०४

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।

मनोनयन दर्ताको अघिल्लो दिन आज आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । न्यायपालिका प्रमुखको भुमिकापछि अन्य जिम्मेवारीमा नजाने व्यवस्था जस्तै व्यवस्थापिकाको प्रमुख पनि उच्चतम जिम्मेवारी भएको भन्दै सापकोटाले आफु पुनः जनप्रतिनिधिसभाको निर्वाचन लड्ने बताउनुभएको छ ।

युवाहरुलाई मौका दिन यो पटक आफु उम्मेदवार नहुने उहाँको भनाई छ । लगातार तीन पटक निर्वाचन जित्ने अवसर पाएको र युवा पुस्तालाई अघि बढाउन आफुले उम्मेदवारी नदिने घोषणा गरेको सापकोटाले बताउनुभयो । उहाँ २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो भने २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिनुभएको थियो । अहिले सिन्धुपाल्चोक १ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ ।