काठमाडौँ । धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच जना रुसी नागरिकको मृत्यु भएको छ ।
धौलागिरी हिमाल आरोहणका क्रममा तीन दिनदेखि वेपत्ता ५ जना रुसी नागरिकको आज शव फेला परेको हो । आईतबारदेखि हाईक्याप आधार शिविरिबाट सम्पर्क विहिन भएका उनीहरुको खोजीका क्रममा शव फेला परेको म्याग्दीका प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार रुसी नागरिकहरु अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो।
आईतबार बिहान ११ बजेदेखि सम्पर्क विहिन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो । आरोहण समुहका १ जनालाई भने उद्धार गरि काठमाडौँ पठाईएको छ ।