images
images

यस्तो छ दोलखा एमालेको चुनावी प्रतिवद्धता

  • २२ कार्तिक २०७९, मंगलवार १८:३६

दोलखा । नेकपा एमाले दोलखाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रतिवद्धातापत्र सावर्जनिक गरेको छ ।

एमाले दोलखाले आज एक कार्यक्रमका बिच “समृद्ध दोलखा सुखी दोलखाली” को नारासहित प्रतिवद्धता सावर्जनिक गरेको हो । एमाले दोलखाले जलविद्युत, शिक्षा स्वास्थ्य, उद्यम र सडक पूर्वाधारलाई प्रतिवद्धता पत्रमा समेटेको छ । एमालेले ७ सय ५० मेगावाटको तामाकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माणका लागि लगानीको सुनिश्चिततासहित राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजनाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको छ । निर्माणाधिन र अध्ययन पुरा भएर निर्माण सुरु हुने चरणमा रहेका मध्यमस्तरका जलविद्युत आयोजनाहरुमा दोलखाको पानी दोलखालीकै लगानीको अवधारणा अनुरुप जिल्लावासीलाई शेयरको अग्राधिकार सुनिश्चितता गराउने एमाले दोलखाले जनाएको छ ।

यस्तै, चीन र भारत जोड्ने नेपालकै छोटो दुरीको उत्तर दक्षिण लोकमार्ग लामाबगर फलाक सडक खण्ड निर्माण सम्पन्न गरी लामाबगर क्षेत्रलाई चीन, भारत र नेपालको त्रिदेशीय व्यापारीक केन्द्रको रुपमा विकास गर्ने, भीमेश्वर नगरपालिकाको डाङडुगेडाँडामा सावर्जनिक, निजी र साझेदारीमा फिल्मी सिटी निर्माण गर्ने एमालेको प्रतिवद्धता छ ।

एमाले दोलखाले जलविद्युत, शिक्षा स्वास्थ्य, उद्यम र सडक पूर्वाधारलाई प्रतिवद्धता पत्रमा समेटेको छ । एमालेले ७ सय ५० मेगावाटको तामाकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माणका लागि लगानीको सुनिश्चिततासहित राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजनाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको छ ।दोलखामा अर्गानिक खेतीलाई अगाडी बढाउन र मुलुकभर बजार सिर्जना गर्न, दोलखा अर्गानिक एक्स ब्रान्ड सिर्जना गरिने एमालेले प्रतिवद्धता जनाएको छ । यसैगरी दोलखाका अर्गानिक उत्पादनको विक्री केन्द्रहरु पालिकाका प्रत्येक पर्यटक गन्तव्यका साथै मुख्य लोकमार्गका बजारमा स्थापना गरिने, प्रत्येक स्थानिय तहमा प्राविधिक सहित भेटेरीनरी भ्यानको व्यवस्था गरिने तथा किबी, चिज र आलुको लागि ३ वटा उत्कृष्टता केन्द्रको रुपमा स्थापना गरिने बताइएको छ ।

एमाले दोलखाले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा दोलखा जिल्लामा सेन्ट्रल हिमालयन युनिभर्सिटीको स्थापना गरिने, गौरीशंकर बहुमुखी क्याम्पसलाई केन्द्र मानेर मध्यपहाडी जिल्लाका सामुदायिक कलेजहरुलाई विश्वविद्यालयको छातामुनी ल्याउने र दोलखाका १२ कक्षा सञ्चालित १० वटा सरकारी माध्यमिक विद्यालयमा विज्ञान विषयको पठन पठान सुरुवात गरिने उल्लेख गरिएको छ । दोलखामा अर्गानिक खेतीलाई अगाडी बढाउन र मुलुकभर बजार सिर्जना गर्न, दोलखा अर्गानिक एक्स ब्रान्ड सिर्जना गरिने एमालेले प्रतिवद्धता जनाएको छ । यसैगरी दोलखाका अर्गानिक उत्पादनको विक्री केन्द्रहरु पालिकाका प्रत्येक पर्यटक गन्तव्यका साथै मुख्य लोकमार्गका बजारमा स्थापना गरिने, प्रत्येक स्थानिय तहमा प्राविधिक सहित भेटेरीनरी भ्यानको व्यवस्था गरिने तथा किबी, चिज र आलुको लागि ३ वटा उत्कृष्टता केन्द्रको रुपमा स्थापना गरिने बताइएको छ ।

बन्द अवस्थामा रहेको ओरियन्ट म्याग्नेसाइट खानी सञ्चालनको लागि पब्लिक कम्पनीको रुपमा विकास गरी दोलखामा स्थापित सहकारी र जिल्लाबासीको लगानीमा प्रभावकारी सञ्चालन गरिने, जिल्लाभित्र थप ५ सय जनालाई औद्योगिक क्षेत्रको रोजगारी सिर्जना गरिने र म्याग्नेसाइटको अनुसन्धान, गुणस्तरीय उत्पादन र बजार व्यवस्थापनका लागि अन्तराष्ट्रिय व्यवस्थापन विशेषज्ञको व्यवस्था गर्ने एमाले भनेको छ । साथै तामाकोशी गाउँपालिका, डाङडुगेमा रहेको खरीढुंगा खानीलाई सञ्चालनमा ल्याउने र एक पालिका एक उद्योगग्राम, एक गाउँ एक उत्पादनको लागि आवश्यक निती तय गर्ने एमालेको निती छ ।यस्तै पर्यटकीय गन्तव्यहरुको विकास गुरुयोजना सहित मुख्य गन्तव्यहरुलाई समेटेर कालिञ्चोक शैलुङ, भीमेश्वर– जिरी एकीकृत सर्किटको रुपमा विकास गर्ने भएको छ भने अन्य रमणिय स्थलहरुलाई इको टुरिजम हटस्पटमा विकास गरेर जिल्ला ताल निर्माण गर्ने जनाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट दोलखामा प्रतिनिधिसभाका लागि बालकृष्ण शिवाकोटी, प्रदेशसभा क्षेत्र नम्बर १ बाट नरबहादुर श्रेष्ठ र प्रदेशसभा क्षेत्र नम्बर २ बाट भरत केसी चुनावी मैदानमा छन् ।