images
images

चितवनमा सवारी दुर्घटनाः ४ जनाको मृत्यु, ४ घाईते

  • २३ कार्तिक २०८१, शुक्रबार ०६:३२

चितवन । चितवनमा बस र ईलेक्ट्रिक माईक्रोबस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा बस र माईक्रोबस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा परि अन्य ४ जना घाईते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईते र मृतक सबै माईक्रोबसका यात्रुहरु रहेको चितवनका प्रहरी प्रवक्ता, डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०–६००१ ज ०२९८ नम्वरको ईलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २८९२ नम्वरको बस आज बिहान करिव ३ बजे एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।