images
images

घरजग्गा कारोवार र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • २३ कार्तिक २०८१, शुक्रबार ०७:४२

काठमाडौँ । वैंक खाता खोल्न र सिमकार्ड लिन समेत राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।

आगामी माघदेखि घरजग्गा कारोबार गर्न, बैंक खाता खोल्न तथा सिमकार्ड लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको हो । त्यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सम्बन्धित निकायसँग छलफल अघि बढाएको छ । सो सम्बन्धि सूचना असारमै राजपत्रमा प्रकाशित भईसकेकाले त्यसलाई कार्यान्वयन गरि सरकारी सेवा प्रवाहलाई सहज, व्यवस्थित र त्रुटिरहित बनाउन राष्ट्रिय परिचयपत्रको उपयोगिता बढाउन लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक युवराज कटेलले जानकराी दिनुुभयो ।

बैंकिङ क्षेत्रमा परिचयपत्र नम्वर कार्यान्वयनका लागि विभागका महानिर्देशकको नेतृत्वमा बैंकरसमेत रहेको सहजीकरण समिति समेत गठन गरिसकिएको छ । यो प्रणाली लागुभएपछि ग्रँहकले खाता खोल्दा केवाईएम फर्म भर्नुनपर्ने भएको छ ।

यस्तै, घरजग्गा कारोबारमा पनि परिचयपत्र अनिवार्य गर्नका लागि विभागले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग र टेलिफोन तथा सिमकार्ड अनिवार्य गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग समन्वय गरिरहेको छ ।

आगामी माघ देखि सामाजिक सुरक्षा कोषसम्बन्धि सेवा लिन पनि परिचयपत्र नम्बर अनिवार्य चाहिने राजपत्रको सूचनामा उल्लेख छ ।