images
images

मृगलाई गोली हान्दा साथीको मृत्यु

  • २३ कार्तिक २०८१, शुक्रबार ०८:०६

काठमाडौं । खोटाङमा मृगलाई गोली हान्दा साथीको मृत्यु भएको छ ।

मृगलाई हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका –१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको हो । सँगै शिकर खेल्न गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर राईको गएराति घटनास्थलमै मृत्यु भएको थियो । उनले मृग भनेर गोली हानेको तर द्धष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिनुभयो । चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेदीको पिपिङस्थित गाउँ नजिकैको जंगलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको स्थानीयले बताएका छन् । अहिले शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पालत दिक्तेल पठाएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।