images
images

उर्जा राज्यमन्त्री तामाङको निर्माण कम्पनी साँढे २ वर्षको लागि कालोसूचिमा

  • २३ कार्तिक २०८१, शुक्रबार ०९:१२

काठमाडौं । उर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको निर्माण कम्पनी फेरी कालोसुचीमा परेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जनभन्दा बढी कम्पनीहरु कालोसूचीमा राखेको हो । राज्यमन्त्री तामाङको कम्पनी २ वर्ष ६ महिनाका लागि कालोसूचिमा परेको छ ।

दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसुचीमा राखिएको छ । कालोसूचीमा पर्नेमा उर्जा राज्यमन्त्री समेत रहेका कांग्रेस नेता पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एनबी कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

यी कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।