जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाको वडा नम्बर १ र काठमाडौंस्थित स्तुपा सामुदायिक अस्पतालबीच सम्झौता भएको छ ।
जिरी नगरपालिका वडा नम्बर १ का नागरिकहरुलाई २५ प्रतिशतसम्म छुटमा उपचार गर्नेगरी स्तुपा सामुदायिक अस्पतालले वडासँग सम्झौता गरेको हो । जिरी–१ मा स्थायी र अस्थायी रुपमा बसोबास गर्ने नागरिकहरुको स्वास्थ्य उपचार सेवाका लागि वडाको सिफारिसमा १५ देखि २५ प्रतिशतसम्म अस्पतालले छुटमा उपचार सेवा दिनेगरी सम्झौता गरिएको वडाध्यक्ष आङपासाङ शेर्पा (कर्साङ) ले जानकारी दिनुभयो ।
निवर्तमान वडाध्यक्ष लाक्पा शेर्पा समेतको उपस्थितिमा स्तुपा सामुदायिक अस्पतालका निर्देशक डा.पेम्बा शेर्पा र वडा कार्यालयबीच सम्झौता भएको थियो । हाल सम्झौता एक वर्षको लागि भएको छ ।