images
images

पूर्व युवराज पारस शाह पर्यटकीय नगरी जिरीमा

  • २२ मंसिर २०७९, बिहीबार ११:०३

जिरी (दोलखा) । पूर्व युवराज पारश साह दोलखाको पर्यटकीय नगरी जिरी आएका छन् ।

हिजो साँझ करिब ९ बजे शाह जिरी आएका हुन् । साथिहरु र सहयोगीका साथ जिरी आएका पूर्वयुवराज शाह जिरीस्थित दोलखा शेर्पा गेष्ट हाउसमा बसेका छन् । उनले गेष्ट हाउसमा हिजो र आजका लागि रुम बुकिङ गरेका छन् । पूर्वयुवराज शाह निजी भ्रमणका क्रममा जिरी आएका हुन् । उनको औपचारिक भ्रमणको तालिका सार्वजनिक नभएपनि आज जिरीका केही पर्यटकीय स्थलको भ्रमण गर्ने बताइएको छ । इलाका प्रहरी कार्यालय जिरीले भने उनको निजी भ्रमणको बारेमा जानकारी प्राप्त नभएको बताएको छ ।

पूर्व युवराज शाह बेला–बेला दोलखा भ्रमण आउने गरेका छन् । यसअघिका भ्रमणमा सदरमुकाम चरिकोट हुँदै कालिञ्चोक पुग्ने गरेका पारस शाह यो पटक जिरी दुई दिन बस्नेगरी आएका हुन् ।