images
images

बागमती प्रदेशमा गठबन्धनले सहजै सरकार गठन गर्न सक्ने

  • २२ मंसिर २०७९, बिहीबार १३:१३

हेटौँडा । बागमती प्रदेशमा सरकार गठनका लागि सत्तारुढ गठबन्धनको सहजै बहुमत पुग्ने देखिएको छ ।

यो प्रदेशमा १ सय १० जना सांसद हुनेछन् । बागमती प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १२ गरी ३७ सिटमा जित हात पारेको छ । गठबन्धनमै रहेको अर्को दल नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १४ र समानुपातिकमा ७ गरी २१ सिट पाएको छ भने नेकपा एकिकृत समाजवादीले प्रत्यक्षतर्फ ५ र समानुपातिकमा २ गरी जम्मा ७ सिट पाएको छ । गठबन्धनमा रहेका यी तीनवटै दलको साँंसद संख्या ६५ जना हुनेछन् । जुन बहुमतका लागि पुर्ण हो ।