सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीमा परी ४ वर्षीय बालकको मृत्यु भएको छ ।
आगलगीबाट सोलुदुधकुण्ड नगरपालिका–४ सुर्केका सोनाम शेर्पाको छोरा ४ वर्षीय पासाङ शेर्पाको जलेर मृत्यु भएको हो । स्थानीय दावाछिरी शेर्पाको गोठमा एक्कासी आगलागी हुँदा बालक जलेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आगालागीबाट गोठ पूर्णरुपमा जलेर करिब ६५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।










