images
images

भारतबाट एक करोड भन्दा बढिको सुनचाँदी र नगद लिएर आउँदै गरेका तीन जना पक्राउ

  • २३ मंसिर २०८१, आईतवार ०७:३३

काठमाडौँ । एक करोड भन्दा बढीको सून, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् ।

भारतबाट सुन चाँदी, नगद तथा अन्य सामान लिएर आउँदै गरेका तीन जनालाई कैलालीको भजनीबाट सशस्त्र प्रहरीले पक्राउ गरेका हो । पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिकाका ३६ वर्षीय महेन्द्र बहादुर शाही, वीरेन्द्रनगरका ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिकाका ३२ वर्षीय महेश सुनार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ६२० ग्राम सुन, ८ किलो ९१४ ग्राम चाँदी र विभिन्न दरका ६ लाख ११ हजार ६ सय भारतीय रुपैयाँ, साउदी रियाल र चार थान मोबाईल सेट तथा चाँदीका लेप लगाएको भाँडा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको सुनको मुल्य ८० लाख ७९ हजार ५६१ रुपैयाँ रहेको छ भने चाँदीको मुल्य १५ लाख २८ हजार ४६० रुपैयाँ रहेको अनुमान गरिएको छ । उनीहरुको साथमा रहेको सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाईएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।