images
images

एमालेको २० जिल्लामा नेतृत्व चयन, बागमतीका चार जिल्लामा मात्रै सहमति

  • २५ पुष २०७८, आईतवार ०१:४८

काठमाडौं । नेकपा एमालेको ६१ जिल्लामा भएको अधिवेशन मध्ये हालसम्म २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सहमति कायम हुन नसक्दा ४१ जिल्लामा नेतृत्व चयन हुन बाँकी रहेको छ ।

शुक्रवार देशका ६१ जिल्लाको जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ भर्चुअल माध्यमवाट उद्घाटन गरेका थिए । सनिवारको बन्द शत्र र त्यसपछिको छलफलका क्रममा सहमति नजुटेपछि दोलखासहित अधिकाँश जिल्लामा निर्वाचनको प्रक्रिया सुरु भएको छ भने केही जिल्लामा अझै पनि सहमतिको प्रयास जारी रहेको छ ।

अहिलेसम्म सवैभन्दा बढी लम्बिनी प्रदेशमा पाल्पा, गुल्मी, अर्घाखाची, बाँके, बर्दिया, दाङ र रुपन्देही गरी ७ जिल्लामा नेतृत्व चयन भएको छ । लुम्बिनीपछि बागमती र प्रदेश १ का ४/४ वटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । बागमतीको धादिङ, काभ्रेपलान्चोक, भक्तपुर र रसुवा तथा प्रदेश १ को झापा, मोरङ, खोटाङ र धनकुटामा नेतृत्व चयन भएको हो । यसैगरी कर्णालीको डोल्पा र सल्यान, गण्डकीको गोरखा र तनहुँ र प्रदेश २ को सप्तरीमा पनि अध्यक्ष चयन भएका छन् ।

२० जिल्लामा अध्यक्ष चयन भएपनि ती ती मध्ये धेरैजसो जिल्लामा अन्य पदाधिकारी चयन हुन बाँकी रहेको छ ।