images
images

कोरोनाको बढ्यो त्रासः माघ १५ सम्म विद्यालय बन्द हुने

  • २५ पुष २०७८, आईतवार १२:५०

काठमाडौं । सरकारले कोरोना भाईरसको संक्रमणदर बढ्दै गएपछि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसिको आज बसेको बैठकले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । भोलीदेखि नै लागु हुनेगरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरीएको सिसिएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । बैठकले अर्को सुचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, महोत्सव नगराउने गरी भीड रोक्न गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले आगामी माघ ३ गतेदेखि रेस्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक स्थानमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । कोपकार्ड नभएका व्यत्तिले यी स्थानमा प्रवेश पाउने छैनन् । सिसिएमसिले राजनितिक भेला र कार्यक्रम तत्काल बन्द गर्न कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समितिलाई आग्रह गरेको छ ।