images
images

माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण, महाधिवेशनवाटै फैलिएको आशंका

  • २५ पुष २०७८, आईतवार ०८:२३

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको छ । माओवादीको राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका केन्द्रीय नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

माओवादी केन्द्रका धेरै केन्द्रिय सदस्यहरु पनि रुघाखोकी र ज्वरोका कारण बिरामी परेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रवार पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यस लगत्तै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक माओवादी नेताहरु हरिवोल गजुरेल, शक्तिवहादुर बस्नेत, उनकी पत्नि सत्या पहाडि, मातृका यादव लगायतका नेताहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, वाईसिएल नेताहरु रामप्रसाद सापकोटा, सुमन देवकोटा, सुवोध सिर्पाली, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह पनि कोरोना संक्रमति भएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पनि प्रमुख सचिव र अर्का एह जना बाहेक बाँकी सवैमा कोरोना संक्रमण भएको छ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवशेन सकिएलगत्तै पार्टी अध्यक्ष लगायतका नेताहरुमा कोरोना संक्रमण देखिएको हो ।