images
images

रामेछापमा श्रीमानको जुठो बारेर बसेकी महिलामाथि बलात्कारको प्रयास

  • २५ पुष २०७८, आईतवार १०:५२

रामेछाप । रामेछापमा श्रीमानको मृत्युपछि जुठो बारेर कोरामा बसेकी महिलालाई बलात्कारको प्रयास भएको छ ।

प्रहरीले बलात्कारको प्रयास गर्ने एक पुरुषलाई पक्राउ गरेको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ धोबीकी एक ६६ बर्षिया महिलालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा रामेछाप प्रहरीले एक पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ धोबी बिक टोलका ५० वर्षिय सिंहबहादुर कामी रहेका छन् । श्रीमानको मृत्युपछि जुठो बारेर बसेकी ती महिलामाथि पुस २३ गते शुक्रवार राति एक्लै सुतिरहेका बेला जबरजस्तीकरणीको प्रयास भएको थियो । जबरजस्तीकरणीको प्रयासपछि प्रतिकार गरिरहेकी महिलालाई बचाउन छोरी घटनास्थल पुगेपछि बिक भागेका थिए ।

बिकले बलात्कारको प्रयासको घटनालाई बाहिर नल्याउन पीडित महिला र उनकी छोरीलाई समेत दवाव दिएका थिए । तर, घटना लगत्तै गाउँघरमा खैलाबैला मच्चिएपछि विक घटना घटेकै रात फरार भएका थिए । फरार रहेका उनलाई रामेछाप प्रहरीले पुस २४ गते धोबी बजारबाट पक्राउ गरेको हो । पक्राउ परेका बिकलाई रामेछाप जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी जवरजस्तीकरणी मुद्धामा अनुसन्धान भइरहेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।