images
images

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आचारसंहिता लागू

  • २५ पुष २०७८, आईतवार १२:०३

काठमाण्डौं । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित भएको छ ।

निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । आयोगले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह पनि प्रदान गरेको छ । आयोगले आज सार्वजजिक गरेको सूचना अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्रको हँसिया हथौडा, राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकिकृत समाजवादीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सुर्य तथा कांग्रेसका उम्मेदवारलाई रुख चुनाव चिन्ह प्रदान गरिएको छ । आयोगका अनुसार लोसपाका उम्मेदवारलाई साइकल तथा नेमकिपाका उम्मेदावरलाई मादल चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको निर्वाचनबाट १९ जना निर्वाचित हुनेछन् । निर्वाचनका लागि आजदेखि आचारसंहिता पनि जारी भएको छ । आचारसंहिता सरकारका मन्त्री, प्रदेश सरकार, स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षाकर्मी, राजनितिक दल लगायतलाई लागु हुने आयोगले जनाएको छ ।