images
images

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशवाट ६ जना उम्मेदवार, ३४८ जनाले मतदान गर्ने

  • २५ पुष २०७८, आईतवार १२:२६

हेटौंडा । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट ३ सय ४८ जना मतदाताले मतदान गर्ने भएका छन् ।

प्रदेशका १ सय १९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी कुल २ सय ३८ जना र प्रदेशका १ सय १० जना सांसद गरी कुल ३ सय ४८ जना मतदाताले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने भएका हुन् । बागमती प्रदेशमा महिला र अन्य समुहतर्फबाट २ जना सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा सहभागी हुने उम्मेदवारहरुलाई आज निर्वाचन चिन्ह प्रदान गरिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आज प्रदेशबाट उम्मेदवार रहेका ६ जनालाई निर्वाचन चिन्ह प्रदान गरेको हो । उम्मेदवारहरुलाई सम्बन्धीत दलकै चुनाव चिन्ह प्रदान गरिएको राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार रहेका नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेललाई ‘रुख’, नेकपा एकिकृत समाजवादीकी गोमा तिमल्सिनालाई ‘कलम’ चिन्ह प्रदान गरिएको छ ।

यसैगरी एमालेबाट उम्मेदवार बनेका गोपाल शाक्य, निरकुमारी कुँवर दर्लामीलाई ‘सुर्य’ निर्वाचन चिन्द प्रदान गरिएको छ । नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तमाङ र गिता काफ्लेलाई ‘मादल’ चुनाव चिन्ह प्रदान गरिएको छ ।