images
images

बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने

  • २५ पुष २०७९, सोमबार ०९:२८

हेटौंडा । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो ४ बजे दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिनुभएको छ । सो समयसीमाभित्र माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले मुख्यमन्त्रीमा दाबी गर्नुहुनेछ । जम्मरकट्टेल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाट सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् । बागमती प्रदेश प्रमुख शर्माले सरकारको नेतृत्वमा दाबी पेश गर्न आवहान गरेको आज अन्तिम दिनमा सत्ता साझेदार दलहरुका बिचमा सहमति जुटेसँगै आज प्रदेशले चौथो मुख्यमन्त्रीका रुपमा जम्मरकट्टेलाई पाउनेछ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्दछ । बागमतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट रहेको छ । गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बागमती प्रदेशको सभामुख राप्रपा र उपसभामुख एमालेले पाएको छ । बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए । नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता समेत रहेका जम्मरकट्टेल प्रदेशको चोथौ मुख्यमन्त्री बन्ने भएका हुन् ।