images
images

करोडौं खर्च गरेर बनाइएको व्यवसायीक भवन सञ्चालन गर्न भीमेश्वर नगरपालिकाको आलटाल

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित व्यस्त सातदोबाटो चोकमा करोडौं खर्च निर्माण गरिएको बहुउद्धेश्यीय व्यवसायीक भवन अझै सञ्चालनमा आउन सकेको छैन ।

भीमेश्वर नगरपालिकाले गौरवको योजनाका रुपमा अघि सारेको बहुउद्धेश्यीय व्यवसायीक भवन निर्माण सम्पन्न भएको दुई महिनासम्म पनि सञ्चालनमा आउन नसकेको हो । २०७६ साल असारदेखि निर्माण सुरु भएको व्यवसायीक भवन ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी गत कात्तिकमा नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । निर्माण सम्पन्न भएको दुई महिनासम्म नगरपालिकाले भवन सञ्चालन गर्न सकेको छैन । करोडौंको लागतमा निर्माण भएको व्यवसायीक भवन समयमै सञ्चालन गर्न नगरपालिकाले आलटाल गरिरहेको छ । व्यवसायीक भवन छिट्टै सञ्चालन गर्न सके नगरपालिकाको आन्तरिक आम्दानी बृद्धि हुन्छ । तर सरकारी सम्पति प्रयोग गरी निर्माण गरीएको बहुदेश्यीय व्यवसायीक भवन प्रक्रियामा गएर भाडामा लगाउन नगरपालिकाले ढिलासुस्ती गरिरहेको छ । विभिन्न वाहाना बनाएर नगरपालिकाले व्यवसायीक भवन सञ्चालमा ढिलासुस्ती गरिरहेको हो ।

करोडौंको लागतमा निर्माण भएको व्यवसायीक भवन समयमै सञ्चालन गर्न नगरपालिकाले आलटाल गरिरहेको छ । व्यवसायीक भवन छिट्टै सञ्चालन गर्न सके नगरपालिकाको आन्तरिक आम्दानी बृद्धि हुन्छ । तर सरकारी सम्पति प्रयोग गरी निर्माण गरीएको बहुदेश्यीय व्यवसायीक भवन प्रक्रियामा गएर भाडामा लगाउन नगरपालिकाले ढिलासुस्ती गरिरहेको छ । विभिन्न वाहाना बनाएर नगरपालिकाले व्यवसायीक भवन सञ्चालमा ढिलासुस्ती गरिरहेको हो ।

व्यवसायीक भवन सञ्चालनका लागी भीमेश्वर नगरपालिकाले पहिलो चरणमा ग्लोवल्ली टेन्डर आहवान गरेको थियो । त्यसमा ८ वटा आशयपत्र पेश भएकोमा ७ वटा छनोटमा परेका थिए । व्यवसायीक भवन उनीहरुलाई टेन्डरमा दिनका नगरपालिकाले दोस्रो चरणको आशयपत्र जारी गर्ने तयारी गरेको छ । अब छिट्टै दोस्रो चरणको आशयपत्र जारी गर्ने तयारी भइरहेको भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार बहुद्धेश्यीय व्यवसायीक भवन टेन्डरमा दिनका लागि तीन वर्षअघि दर रेट निर्धारण गरिएको र त्यसलाई संशोधन गर्नुपर्ने भएकाले भवन सञ्चालनमा केही ढिलाई भएको हो । तत्काल प्रक्रियामा गएर व्यवसायीक भवन सञ्चालन गर्ने तयारी भइरहेको नगरप्रमुख मानन्धरको भनाई छ । नगरपालिकाले भवन टेन्डरमा दिनका लागि दररेट निर्धारण समिति पनि बनाएको छ । सो समितिले अहिले काम गरिरहेको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ३ को मुख्य चोक सदरमुकाम चरिकोट स्थित सातदोबाटो नजिकै पाँच तले बहुउद्धेश्यीय व्यवसायीक भवन निर्माण सम्पन्न भएको हो । सो भवन कुल १२ करोड ७६ लाख ३२ हजार ७ रुपैँयामा निर्माण गरीएको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि नगर विकास कोषले ८० प्रतिशत अनुदान दिएको थियो भने १० प्रतिशत सरल ऋण उपलब्ध गराएको थियो । यस्तै नेपाल सरकारले ७५ प्रतिशत अनुदान रकम उपलब्ध गराएको छ भने भीमेश्वर नगरपालिकाले २५ प्रतिशत रकम व्यहोरेको छ ।

यसैबीच नगरपालिकाले बहुउद्धेश्यीय व्यवसायीक भवनसँगै जोडेर अन्य तीन वटा भवन पनि निर्माण गरिरहेको छ । ति भवन निर्माणको चरणमा रहेकाले सातदोबाटो चोकमा कहिले माटोको थुप्रो लगाइएको हुन्छ भने कहिले ढुंगा थुपारिएको देखिन्छ । जसका कारण व्यस्त सडक सातदोबाटोचोक वेरुपी बन्ने गरेको छ । बन्दै गरेका भवनमा माटो फिल गर्नुपर्ने भएकाले अन्यत्रबाट माटो र ढुंगा ल्याएर खन्याउँदा सातदोबाटो चोक अव्यवस्थित बन्न पुगेको भीमेश्वर नगरपालिकाले स्वीकार गरेको छ ।