images
images

पोल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने भीमेश्वरकी युवती पक्राउ

  • २४ पुष २०८०, मंगलवार १८:५४

जिरी(दोलखा) । पोल्याण्ड पठाउँछु भन्दै ठगी गरेको आरोपमा दोलखाको भीमेश्वर नगरपालिकाकी एक युवती पक्राउ परेकी छिन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–८ जरंखु बस्दै आएकी ३० वर्षीया पूजा श्रेष्ठ वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भन्दै २ लाख १५ हजार रुपैंया गठी गरेको आरोपमा पक्राउ परेकी हुन् । उनले कला पुन लगायतका व्यक्तिहरुलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाउन प्रतिव्यक्ति आठ लाख ५० हजार लाग्ने र पोल्याण्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने आश्वासन देखाएर ठगी गरेको पाईएको प्रहरीले जनाएको छ ।

सोही क्रममा २ लाख १५ हजार पिडितहरुबाट लिएर सम्पर्क विहिन रहेकी श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।