
काभ्रेपलाञ्चोक । चालकलाई कुटपिट गर्दै टाटासुमो तोडफोड गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक सहित ९ जना पक्राउ परेका छन् ।
बा ३ च ३४९४ र बा ३ च ५६२१ नम्बरको कारका चालक र ती दुई कारमा सवार व्यक्तिहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक नगरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीन बहादुर घलेले जानकारी दिनुभयो ।
उनीहरुले हिजो साँझ नमोबुद्ध नगरपालिका–२ बेलास्थित बीपी राजमार्गमा मंगलटारबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ६१७२ नम्बरको टाटासुमोका चालकलाई कुटपिट गरेर गाडी पनि तोडफोड गरेका थिए । उनीहरुलाई आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाईने डीएसपी घलेले जानकारी दिनुभयो ।