images
images

त्रिभुवन विमानस्थलबाट सुन बरामद, दुई युवती पक्राउ

  • २५ पुष २०८१, बिहीबार १३:१६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित सिन्धुपाल्चोककी एक सहित दुई युवती पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ र झापा कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले पक्राउ परेका हुन् । उनीहरूको साथबाट १४९ दशमलव ११ ग्राम सुन फेला परेको छ । नेपाल एयरलाइन्सको उडानद्धारा दोहाबाट काठमाडौँ आएकी पुष्पालाई ६७ दशमलव ५१ ग्राम र फुर्पालाई ८१ दशमलव ६० ग्राम सुनसहित फेला पारेको  प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।