
काठमाडौँ । सिन्धुलीका एक युवक बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
काठमाडौँमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्का रहेका छन् । उनलाई सिन्धुलीकै दुधौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । उनले करिव डेढ वर्ष अघि २०८० सालको बैशाखमा काठमाडौँस्थित एक गेस्टहाउसमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ ।
पक्राउ परेका युवकमाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।