
काठमाडौँ । वैंक तथा वित्तिय संस्थामा खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
राष्ट्र बैंकले आज परिपत्रमार्फत आगामी माघ १ गतेदेखि वैंक तथा वित्तिय संस्थामा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । राष्ट्र वैंकले आगामी माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचय वा परिचयपत्र नम्वरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउन वैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारले सामाजिक सुरक्षा लयायतका सरकारी भुुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा खाता खोल्नु पर्नेछ ।