images
images

बेलायत पठाईदिने भन्दै साँढे ३१ लाख ठगी, बैतेश्वरका युवक पक्राउ

  • २५ पुष २०८१, बिहीबार १८:३६

काठमाडौँ । बेलायत पठाईदिने प्रलोभन देखाएर लाखौँ ठगी गरेको आरोपमा दोलखाको वैतेश्वरका एक युवक पक्राउ परेका छन् ।

दोलखाको वैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारीका लागि बेलायत पठाईदिने भन्दै एकै व्यक्तिसँग पटक–पटक गरि साँढे ३१ लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रकम ठगी गरेपछि सम्पर्क विहिन भएका दाहाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दाहाललाई ठगीको कसुरमा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।