images
images

मेडिकल व्यवसायी प्रसाईं पनि रिहा हुने, तोकियो ३ लाख धरौटि

  • २५ पुष २०८१, बिहीबार २०:५२

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा अदालतले ३ लाख धरौटीमा छाड्न आदेश दिएकोे छ ।

काठमाडौँ  जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले व्यवसायी प्रसाईलार्ई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । हिजो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयाँल नविन र तेह्रथुम घर भई बिर्तामोड बस्ने रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो । तर मैनाली भने फरार रहेका छन् ।