images
images

स्थानिय तहको निर्वाचन घोषणा विरुद्ध सर्वोच्चमा रिट

  • २६ माघ २०७८, बुधबार १७:१४

काठमाडौं । सर्वाेच्च अदालतले वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचन मितिविरुद्ध परेको रिट निवेदन अस्वीकार गरेको छ ।

स्थानीय तह निर्वाचन तत्काल गर्न ममिल्ने भन्दै महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका मेयर संजीवकुमार साहले सर्वाेच्च अदालतमा दिएको निवेदन दरपिठ भएको हो । अदालतका रजिष्ट्रारले निवेदन विना आधार प्रस्तुत गरेको भन्दै दर्ता गर्न अस्वीकार गरेका हुन् । मेयर साहले आफु २०७४ असोज ७ मा निर्वाचित भएको र आफ्नो कार्यकाल २०७९ असोज ६ मा सकिने भन्दै बैशाख ३० मा निर्वाचन गर्दा आफुले ५ वर्ष कार्यकाल पुरा गर्न नपाउने दावी गरेका थिए । स्थानीय तह निर्वाचन ऐनले विभिन्न चरणमा निर्वाचन भएपनि पहिलो चरणको मितिलाई नै निर्वाचन मिति मानिने व्यवस्था गरेकाले सर्वाेच्च अदालतले वैशाख ३० गते तोकिएको निर्वाचन असंवैधानिक नभएको भन्दै निवेदन दरपिठ गरिदिएको हो । सर्वाेच्च अदालतले रिट निवेदन अस्वीकार गरेसँगै वैशाख ३० मै एकै चरणमा स्थानीय निर्वाचन हुने निश्चित भएको छ ।