images
images

सिन्धुपाल्चोकका एक पुरुष हत्या आरोपमा पक्राउ

  • २६ माघ २०७८, बुधबार १८:०१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुष हत्या आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ टाँकुरे तामाङ टोलका ३२ वर्षीय कुमार तामाङलाई आज प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो । मेलम्ची नगरपालिका वडा नम्बर १० साधखोलाका ६० वर्षीया मिन कुमारी खड्काको हत्या गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।