images
images

कार्डबाट सार्वजनिक यातायातको भाडा तिर्ने व्यवस्था गर्ने बागमती प्रदेशको निर्णय

  • २६ माघ २०७८, बुधबार १८:४५

हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा कार्डबाट तिर्ने व्यवस्था लागु गर्ने भएको छ ।

बागमती प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले यात्रुहरुको सहजताको लागि क्यासलेस प्रविधिबाट भाडा भुक्तानी प्रविधि सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यात्रुको सहजता, सरलता र चुस्तताका लागि क्यासलेस प्रविधि सुरु गर्न लागेको जानकारी दिनुभयो । हालसम्म यात्रुवाहक सवारीले भाडा लिँदा खुद्रा रकम नभएको भन्दै बढी भाडा लिँदै आएकाले त्यसको न्युनीकरणका लागि र वर्तमान समयको आवश्यकता पनि भएकाले कार्डबाट भाडा भुक्तानी प्रविधि महत्वपुर्ण हुने भएकाले सरकार त्यसतर्फ लागेको उहाँको भनाई छ ।