images
images

फागुन मसान्तभित्र सवारी कर तथा नविकरण भुक्तानी गरे जरिवाना छुट हुने

  • २६ माघ २०७९, बिहीबार ०७:५६

काठमाडौं । फागुन मसान्तभित्र सवारी कर तथा नविकरण भुक्तानी गरे जरिवाना छुट हुने भएको छ ।

यातायात व्यवस्था कार्यालयले आज सुचना जारी गर्दै फागुन मसान्तभित्र सवारी कर तथा नविकरण भुक्तानी गरे जरिवाना छुट दिने जानकारी गराएको हो । आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नविकरण समेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तसम्म कर बुझाएमा सो अवधिको जरिवाना छुट हुने सुचनामा उल्लेख छ ।

कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नविकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रह समेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नविकरण तथा जरिवाना भुक्तानी गरि विधिवत लगतकट्टा गर्न पनि विभागले भनेको छ ।