images
images

फरार रहेको पाँच महिनापछि रामेछापका एक पुरुष पक्राउ

  • २६ माघ २०७९, बिहीबार १३:३९

रामेछाप । अपहरण तथा शरीर बन्धक र जातिय छुवाछुत भेदभाव सम्बन्धी कसुरमा फरार रहेका रामेछापका एक पुरुष पक्राउ परेका छन् ।

मन्थली नगरपालिका वडा नम्बर ६ का शेरबहादुर नगरकोटीलाई प्रहरीले सो मुद्धामा फरार रहेको पाँच महिनापछि पक्राउ गरेको हो । रामेछाप जिल्ला अदालत मन्थलीले नगरकोटीलाई अपहरण तथा शरीर बन्धक मुद्धामा ३ वर्ष ५ महिना ८ दिन कैद र २५ हजार जरिवाना तथा जातिय छुवाछुत भेदभाव सम्बन्धी कसुरमा ११ महिना ८ दिन कैद र ७५ हजार जरिवानाको फैसला गरेको थियो ।
२०७९ साल भदौ २९ गते अदालतको फैसाल लगत्तै फरार रहेका उनलाई आफ्नै निवासमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ । पक्राउ गरेका नगरकोटीलाई रामेछाप जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेश बमोजिम कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।