images
images

दोलखाबाट पछिल्लो साढे दुई वर्षको अवधिमा हराएका ५७ जना मानिसको अवस्था अझै अज्ञात

जिरी (दोलखा) । दोलखामा पछिल्लो साढे दुई वर्षको अवधिमा २ सय ४५ जना मानिस बेपत्ता भएकोमा हालसम्म १ सय ८८ मानिस सम्पर्कमा आएका छन् ।

आर्थिक वर्ष २०७७ सालदेखि हालसम्मको अवधिमा जिल्लामा २ सय ४५ जना मानिस बेपत्ता भएकोमा १ सय ८८ जना फेला परेका हुन् । बागमती प्रदेश प्रहरीले बेपत्ता भएका मानिसहरुको खोजी गर्ने उद्देश्यले ‘गो होम’ अभियान सञ्चालन गरेको थियो । सो अभियान अन्र्तगत खोजिकार्य गर्ने क्रममा दोलखामा पनि हराएकामध्ये १ सय ८८ जना फेला परेको दोलखा प्रहरीले जनाएको छ । जसअनुसार आर्थिक वर्ष २०७७/७८ मा १ सय २ जना मानिस बेपत्ता भएकोमा ९३ जना फेला परेका छन् भने आर्थिक वर्ष २०७८/७९ मा ९७ जना बेपत्ता भएकोमा ६२ जना फेला पारी आफन्तको जिम्मा लगाइएको छ । यस्तै, चालु आर्थिक वर्ष २०७९/८० को हालसम्मको अवधिमा ४६ जना बेपत्ता भएकोमा ३३ जना फेला परेको दोलखा प्रहरीको तंथ्याकमा उल्लेख छ । फेला परेकाहरुलाई आफन्तको जिम्मा लगाइएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

दोलखामा पछिल्लो साढे दुई वर्षको अवधिमा २ सय ४५ जना मानिस बेपत्ता भएकोमा हालसम्म १ सय ८८ मानिस सम्पर्कमा आएका छन् । फेला परेकाहरुलाई आफन्तको जिम्मा लगाइएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । जिल्लामा सबै भन्दा बढी महिला बेपत्ता भएका छन् । साढे दुई वर्षको अवधिमा १ सय ६० जना महिला बेपत्ता भएको र तीमध्य १ सय १२ जना फेला परेका परेको जिल्ला प्रहरी कार्यालय दोलखाको महिला सेलले जनाएको छ । अझै ५७ जना फेला परेका छैनन् । उनीहरुको खोजी जारी रहेको दोलखा प्रहरीले जनाएको छ । 

जसअनुसार भिमेश्वर नगरपालिकामा ६३ जना मानिस बेपत्ता भएकोमा ४७ जना फेला परेका छन् भने जिरी नगरपालिकामा १४ जना बेपत्ता भएकोमा ९ जना फेला परेका छन् । यसैगरी, बैतेश्वर गाउँपालिकामा २८ जना बेपत्ता भएकोमा १६ जना फेला, गौरीशंकर गाउँपालिकामा २० जना बेपत्ता भएकोमा १७ जना फेला पर्दा कालिञ्चोक गाउँपालिकामा २८ जना बेपत्ता भएकोमा १७ जना फेला पारी आफन्तको जिम्मा लगाइएको छ । शैलुङ गाउँपालिकामा १५ जना मानिस बेपत्ता भएकोमा १० जना, विगु गाउँपालिकामा २२ जना बेपत्ता भएकोमा १० जना मात्रै फेला परेका छन् भने तामाकोशी गाउँपालिकामा २४ जना बेपत्ता भएकोमा १६ जना र मेलुङ गाउँपालिकामा १२ जना बेपत्ता भएकोमा ११ जना फेला परेका छन् ।

दोलखामा जिल्ला बाहिर घर भएका १० जना मानिस बेपत्ता भएकोमा ८ जना फेला पारी आफन्तको जिम्मा लगाइएको छ । जिल्लामा सबै भन्दा बढी महिला बेपत्ता भएका छन् । साढे दुई वर्षको अवधिमा १ सय ६० जना महिला बेपत्ता भएको र तीमध्य १ सय १२ जना फेला परेका परेको जिल्ला प्रहरी कार्यालय दोलखाको महिला सेलले जनाएको छ । यसैगरी, ७५ जना बालबालिका बेपत्ता भएकोमा ६९ जना फेला परेका छन् भने १० जना वृद्धवृद्धा बेपत्ता भएकोमा ७ जना फेला पारी आफन्तको जिम्मा लगाइएको महिला सेलले जनाएको छ । अझै ५७ जना फेला परेका छैनन् । उनीहरुको खोजी जारी रहेको दोलखा प्रहरीले जनाएको छ ।