images
images

नेपाल प्रहरीले माग्यो एक हजार भन्दा बढीको संख्यामा कर्मचारी

  • २६ माघ २०८०, शुक्रबार ०७:५९

काठमाण्डौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा आवेदन माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले खुला तथा समावेसीसहित एक हजार ८ सय ५६ पदका लागि आवेदन माग गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । कार्यालयले जारी गरेको सूचना अनुसार भान्छे ५३, हजाम ७, कुचिकार २० र खेलाडी १४ जना रहेका छन् । यस्तै, खेलाडी पदमा एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्रै दरखास्त दिने सकिने छ ।

योग्य उमेदवारले आगामी चैत ९ गतेसम्म आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।