images
images

अध्यागमन कर्मचारी कुटपिट प्रकरणमा मुछिएका तीन प्रहरी सरुवा

  • २६ माघ २०८०, शुक्रबार १३:४४

काठमाडौँ । अध्यागमन कर्मचारीसँग भएको विवादमा कारवाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ ।

विमानस्थलका प्रहरी सहायक निरीक्षक सञ्जय तमाङ, प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोलाई सरुवा गरिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान माघ १२ गते चेकजाँच गर्ने क्रममा आफू अधिकृत भएको बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । सो क्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ । सो क्रममा प्रहरी र कर्मचारीबीच कुटाकुट समेत भएको थियो । सोही विषयमा उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानविन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको बताईएको छ ।