images
images

सिन्धुपाल्चोकमा एक पुरुष मृत अवस्थामा फेला

  • २६ माघ २०८०, शुक्रबार १७:५६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक पुरुष मृत्त अवस्थामा फेला परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का ५० वर्षीय अमिरबहादुर श्रेष्ठ आज मृत्त अवस्थामा फेला परेका हुन् । उनी स्थानीय कृष्णबहादुर माझीको घरमा सुतेका थिए । कोठामा सुतिरहेको अवस्थामा उनी मृत्त फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उनी चौतारास्थित सेतीदेवी माध्यमिक विद्यालयमा करार सेवामा कार्यरत रहेका थिए ।