
काठमाडौँ । कानुन व्यवसायी परिषद्को पार्षद्मा बागमती प्रदेशबाट वरिष्ठ अधिबक्ता रविनारायण खनाल विजयी भएका छन् ।
माओवादी निकट क्रान्तिकारी कानुन व्यवसायी संगठनको साथ पाएका खनालले प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता पर्शुराम कोईरालालाई ५ सय ७८ मत अन्तरले पराजित गरेका हुन् । खनालले २ हजार ३५५ मत पाउँदा कांग्रेस निकट नेपाल डेमोक्रेटिक लयर्स एसोसियसनका तर्फबाट उम्मेवादवारी दिएका कोईरालाको पक्षमा १ हजार ७७७ मत परेको निर्वाचन समितिले जनाएको छ ।
एमाले निकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनका खनाल प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार थिए । कोईरालालाई नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीको संगठनले साथ दिएको थियो ।