images
images

ओखलढुंगामा जबरजस्तीकरणी आरोपमा एक पुरुष पक्राउ

  • २७ माघ २०८१, आईतवार १४:२१

ओखलढुंगा । ओखलढुंगामा जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

१६ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका हुन् । सिद्धिचरण नगरपालिका–९ बस्ने ३८ वर्षीय राजकुमार भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिकालाई जवरजस्ती करणी गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले भुजेललाई पक्राउ गरेको हो ।

भुजेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।