
जिरी (दोलखा) । दोलखाको बिगु गाउँपालिकमा लडेर गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
बिगु गाउँपालिका –४ सोइसाङका ४५ वर्षीय सोम छिरिङ तामाङको उपचारको क्रममा मृत्यु भएको हो । उनी गत मंगलबार आफ्नै घर नजिकै रहेको गहुँबारीमा बाँदर धपाउन जाँदा लडेर गम्भीर घाइते भएका थिए । तामाङलाई उपचारको लागि काठमाडौंको हेल्पिङ हेण्ड चावहिल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेकोे छ ।